Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नागरिक लगानी कोषले सानिगाड र कालंगा हाइड्रो लिमिटेडसँग सेयर प्रत्याभूति सम्झौतामा हस्ताक्षर

नागरिक लगानी कोषले सानिगाड र कालंगा हाइड्रो लिमिटेडसँग सेयर प्रत्याभूति सम्झौतामा हस्ताक्षर

  •  

    काठमाडौं । नागरिक लगानी कोषले सानिगाड हाइड्रो र कालंगा हाइड्रो लिमिटेडसँग सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। कोषले सानिगाड हाइड्रो लिमिटेडको ८५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर प्रत्याभूति गर्ने निर्णय गरेको हो, जसको १०० रुपैयाँ अंकित मूल्यका ८५ लाख ५० हजार कित्ताको सेयर हुनेछन्।

    यस सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाड हाइड्रोका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    त्यसैगरी, कोषले कालंगा हाइड्रो लिमिटेडसँग पनि सेयर प्रत्याभूति सम्झौता गरेको छ। कालंगाको १०० रुपैयाँ अंकित मूल्यका ४९ लाख कित्ता सेयरको प्रत्याभूति सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र कालंगाका अध्यक्ष खगेश्वर बोहोराले हस्ताक्षर गरेका छन्।

    यस कदमले कोषको लगानी विस्तार गर्दै हाइड्रोपावर क्षेत्रको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij