Logo

Apr 05 2025 | २०८१, चैत २३गते

Apr 05 2025 | २०८१, चैत २३गते

images

वाणिज्य  विभागद्वारा डीपल, सेरेस र नामी गाडीको आयात गर्ने कम्पनीलगायतमा छापा , बिक्री वितरणमा रोक

वाणिज्य  विभागद्वारा डीपल, सेरेस र नामी गाडीको आयात गर्ने कम्पनीलगायतमा छापा , बिक्री वितरणमा रोक

  • काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्लु वृद्धि मोटर्स , पारामाउण्ट मोटर्स इभ नेपाल मोटर्स, एमएडब्लु वृद्धि अटोक्रपमा छापा हानेको छ ।विभागले विद्युतीय सवारी तथा सवारीका पार्टपुर्जाको आयात तथा बिक्री वितरण गर्ने एमएडब्लु वृद्धि मोटर्स , पारामाउण्ट मोटर्स इभ नेपाल मोटर्स र एमएडब्लु वृद्धि अटोक्रपमा छापा हानेको हो  ।
    वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त कम्पनीहरूमा छापा हानी बिक्री वितरण रोक्का गरी कागजातसहित विभागमा उपस्थित हुन पत्र थमाएको छ ।एमएडब्लु वृद्धि मोटर्सले नेपालमा डीपल, सेरेस र नामी ब्राण्डका गाडी आयात र बिक्री वितरण गर्दछ । यस्तै पारामाउण्ट मोटर्स, इभ नेपाल मोटर्सले पनि नेपालमा विभिन्न विद्युतीय गाडी र गाडीका पार्टपुर्जा बिक्री वितरण गर्दै आएका छन् ।विभागले चैत २० गते बुधबार गरेको अनुगमनबारे जानकारी दिँदै यस्तो बताएको हो ।

    उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ बमोजिम आवश्यक निर्देशन÷ कारबाही गरिएको जनाउँदै विभागले ५ फर्मलाई बिक्री वितरण रोक्का गरी कागजात सहित उपस्थित हुन आदेश दिएको छ । तीन फर्महरूलाई सामान्य निर्देशन दिइएको  र तीन फर्मलाई कागजातसहित उपस्थित हुन भनिएको छ ।  एक फर्मलाई १० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

    उक्त विज्ञप्ति अनुसार एमएडब्लु वृद्धि मोटर्स काठमाडौँ महानगर पालिका वडा न ११, पारामाउण्ट मोटर्स प्रालि काठमाडौँ महानगरपालिका वडा न १, इभ नेपाल मोटर्स प्रालि ललितपुर महानगरपालिका १५, एमएडब्लु वृद्धि अटोक्रपमा प्रालि काठमाडौँ महानगरपालिका ११ र पिटस्टप इनकर्पोरेट  प्रालि काठमाडौँ महानगरपालिका वडा न ४लाई बिक्री वितरण रोकी कागजातसहित उपस्थित हुन आदेश दिइएको छ ।

    ललितपुर महानगरपालिका २५स्थित जेएस इन्टरप्राइजेजलाई १० हजार जरिवाना गरेको छ ।

    कागजात सहित उपस्थित हुन आदेश पाएकाहरूमा  नमस्ते कुटान पिसान मिल बुढानीलकण्ठ नपा ११, गुड डे मार्ट प्रालि काठमाडौँ महानगरपालिका वडा ७, बुढाथोकी सप्लायर्स ललितपुर महनागरपालिका वडा न ४ रहेका छन् ।सामान्य निर्देशन पाएकाहरूमा ललितपुर महानगरपालिका ४स्थित कुलुङ ग्यास स्टोर, होली ग्राउण्ड बेकरी प्रालि ललितपुर महानगरपालिका ४, अनिसा किराना स्टोर ललितपुर महानगरपालिका ४ रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij