Logo

Apr 05 2025 | २०८१, चैत २३गते

Apr 05 2025 | २०८१, चैत २३गते

images

सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

सेतो मच्छिन्द्रनाथको जात्रा चैत २३ देखि

  •  

    काठमाडौँ । सेतो मच्छिन्द्रनाथको जात्रा यही चैत २३ गतेदेखि सुरु हुँदैछ । स्थानीय भाषामा जनबहाः द्यः पनि भनिने यस देवतालाई बौद्धहरूले आर्यावलोकितेश्वर वा करुणामयको रुपमा पुज्छन् । 

     

    हरेक वर्ष पौष शुक्ल पक्ष अष्टमीका दिन महास्नान गराई मनाउन सुरु गरिने जात्राको व्यवस्थापन यस वर्ष पनि जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिले गरिरहेको छ । समितिले पछिल्लो १३ वर्षदेखि रथजात्राको व्यवस्थापन गरिरहेको छ । समितिका अनुसार यस वर्ष जात्रा व्यवस्थापनका लागि विभिन्न २० वटा उपसमितिहरु गठन गरिएका छन् ।

     

    जनबहाःद्यः रथ जात्रा व्यवस्थापन समितिका सचिव सुजिव बज्राचार्यले यस वर्ष रथजात्राको पहिलो दिन चैत २३ गते तीनधारा पाठशाला जमलबाट रथ तानेर असन पु¥याइने बताउनुभयो । साथै चैत २४ गते रथलाई असनबाट हनुमानढोका पु¥याइनेछ भने चैत २५ गते हनुमानढोकाबाट लगनटोल पु¥याइनेछ । चैत २६ गते रथलाई तानेर आर्यावलोकितेश्वर ९करुणामय० को आमा भनिने लगन टोलको डबलीको बीचमा रहेको रूखलाई तीनचोटि परिक्रमा गराइन्छ । चैत २७ गते लगन टोलबाट बेलुकीपख खटमा राखी आर्यावलोकितेश्वरलाई पुनः जनबहाःस्थित आफ्नै मन्दिरमा फर्काउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।  

     

    उहाँका अनुसार यस वर्ष असन पु¥याउने काम ‘याः न्याःयेकेगु’ सम्पन्न भएपछि बेलुकी दर्शनका लागि राष्ट्रपति रामचन्द्र पौडेल आउने तालिका छ । यस वर्ष पर्यटन बोर्डको संयोजनमा पहिलो दिन जमलमा विदेशी पर्यटकहरुलाई रथजात्रा अवलोकन गराउने कार्यक्रम राखिएको छ । 

     

    यस जात्रालाई काठमाडौँको सबैभन्दा ठूलो रथ जात्राका रूपमा लिइन्छ । यो जात्राको समाप्तिसँगै देशका अरू भागहरुमा अन्य रथजात्राहरु सुरु हुने भएकाले यस जात्राको विशेष महत्व छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij