
काठमाडौं । केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड महामारीका कारण उत्पन्न चुनौतीपूर्ण अर्थतन्त्रलाई आफ्नो कार्यकालमा लयमा ल्याउन सफल भएको दाबी गरेका छन्। ५ वर्षे कार्यकालको अन्तिम दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले विश्वव्यापी महामारीको चुनौतीका बावजुद उपलब्ध स्रोत र साधनहरूको सदुपयोग गरेर अर्थतन्त्रलाई सहज र सन्तुलित बनाएको बताएका छन्।
‘कोरोना महामारीले विश्व अर्थतन्त्रलाई ठूलो चुनौती दिएको बेला पनि हामीले प्रभावकारी उपायहरू लागू गरेर अर्थतन्त्रलाई सुसंगत र लयमा राख्न सफल भयौं,’ उनले भने।
अधिकारीले आफ्नो कार्यकालमा वित्तीय क्षेत्रको सुधारका लागि महत्वपूर्ण कदम उठाएको र बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता व्यवस्थापनको दिशा निर्देश गरेका छन्। साथै, ब्याजदरको करिडोरलाई सुधार गर्ने र स्थायी निक्षेप सुविधाजस्ता व्यवस्थाहरूलाई प्रभावकारी बनाएको बताएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij