
काठमाडौँ।विभिन्न चार राजनीतिक दलले सबै खालका विकृति, विसङ्गतिको अन्त्य गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन् ।
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र श्रमिक जनता पार्टी नेपालले पछिल्लो समयमा देशको आर्थिक अवस्था नाजुक बन्दै गएकाले सरकार र राजनीतिक दलको मुख्य एजेन्डा देशको आर्थिक विकास बन्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।
ती पार्टीहरुद्वारा संयुक्त रुपमा आज जारी विज्ञप्तीमा भनिएको छ, “पछिल्लो समयमा जनतामा असन्तुष्टि बढ्दै गएको छ, गरिबी र भ्रष्टाचार त्यत्तिकै छ, जनताले स्वतन्त्रता, समानता, स्वाधीनता, समृद्धि र प्रगतिको आकाङ्क्षा गरेका छन्, ती आकाङ्क्षा पूरा गर्नुपर्ने छ ।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij