Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

आठ महिनामा  विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ : राष्ट्र बैंक

आठ महिनामा  विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ : राष्ट्र बैंक

  • काठमाडौँ । आठ महिनामा  विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार विदेशी मुद्रा सञ्चिति  २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको  हो ।

    असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको जनाइएको छ ।  अमेरिकी डलरमा भने १३.१ प्रतिशत बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ ।

    आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij