Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु

  •  

    चीन ।उत्तरी चीनको हेबेई प्रान्तको एक नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको बेइजिङको सरकारी समाचार एजेन्सी सिन्ह्वाले बुधबार जनाएको छ ।

     

    राजधानी बेइजिङबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको लोङहुआ काउन्टीको नर्सिङ होममा मङ्गलबार राति ९ः०० बजे (१३०० जिएमटी) आगलागी भएको हो ।

     

    बुधबार बिहान ३ः०० बजेसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको सिन्ह्वाले जनाएको छ ।

     

    “नर्सिङ होममा रहेका अन्य वृद्धवृद्धालाई थप अवलोकन र उपचारका लागि नजिकैको अस्पतालमा सारिएको छ”, सरकारी समाचार एजेन्सीले जनाएको छ । सिन्ह्वाका अनुसार आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

     

    नर्सिङ होमका लागि जिम्मेवार एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको काउन्टी सरकारले जनाएको छ ।

     

    चीनमा शिथिल भवन संहिता र कार्यस्थल सुरक्षाप्रति अक्सर लापरवाह दृष्टिकोणका कारण घातक आगलागीहरू तुलनात्मक रूपमा सामान्य छन् ।

     

    जनवरीमा बेइजिङको उत्तरपश्चिममा रहेको झाङजियाकोउ सहरको एक तरकारी बजारमा भएको आगलागीमा आठ जनाको मृत्यु र १५ जना घाइते भएका थिए ।

     

    त्यसभन्दा एक महिनाअघि पूर्वी चीनको रोङचेङ सहरमा रहेको एक निर्माण स्थलमा भएको आगलागीमा नौ जनाको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij