Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

प्राधिकरणको मातातीर्थ सबस्टेसनमा आगलागी

प्राधिकरणको मातातीर्थ सबस्टेसनमा आगलागी

  • काठमाडौँ । भूमिगत लाइन परीक्षणका क्रममा नेपाल विद्युत प्राधिकरणका ८ फिडरमा आगलागी भएको छ। आगलागीका कारण प्राधिकरणको मातातीर्थ सबस्टेसनको ११ केभीए फिडर बन्द भएको छ । आइतबार दिउँसो भएको घटनामा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

    मातातीर्थ सबस्टेसनको निर्माण कार्य २०८० माघ अन्तिम साता सम्पन्न भएको थियो । प्राधिकरण अन्तर्गत काठमाडौँ उपत्यकाका लागि विद्युत आपूर्ति व्यस्थापनमा सर्वाधिक लगानीको पूर्वाधार हो। प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले निर्माण कम्पनीले गरेको परीक्षणका क्रममा दुर्घटना भएको जानकारी सार्वजनिक गरेका छन् । उनका अनुसार करिब डेढदेखि दुई करोड बराबरको क्षति भएको अनुमान छ। छानबिन गरिन्छ ।  समिति बनाएर पनि छानबिन गरिन्छ । समिति सम्भव भएसम्म आजै बनाइन्छ । । स्युचाटार फिडरले कभर गर्दा क्षति पुगेका फीडरहरुको क्षेत्रमा लाइन बन्द भएको छैन। वैकल्पिक व्यवस्था गरेर पनि ग्राहकलाई लाइन दिइएको छ । 

    ठेक्का सम्झौताअनुसार काम भइरहेकाले क्षतिको जिम्मेवार एल एण्ड टी निर्माण सेवा हुने छ । क्षति कति भएको छ भन्ने यकिन विवरण तयार भइसकेको छैन। समितिले छानबिन गरेपछि मात्र थाहा हुन्छ । आयोजना ठेकेदार कम्पनीले प्राधिकरणलाई  हस्तान्तरण गरिसकेको छैन। त्यसैले सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ। बुढानीलकण्ठ, चपलीबाट स्वीचगियर ल्याएर बदली गरिने र तत्कालका लागि स्युचाटार सबस्टेसनबाट रिरोटिङ गरी आपूर्ति व्यवस्था मिलाइएको छ ।

    काठमाडौं ग्रीडका इन्चार्ज सबिन मैनालीका अनुसार यूजी प्रोजेक्टका केबलहरू परीक्षण गर्न ११ केभी सर्किट ब्रेकरलाई चार्ज गर्दा घटना भएको हो। सर्किट ब्रेकरलाई लोडबिना  चार्ज गर्ने प्रयास गर्दा तुरुन्तै सर्टसर्किट भयो र भित्रबाट नियन्त्रण गर्न नसकिने  अवस्था आयो । त्यसपछि ट्रान्सफर्मर साइडबाट स्विच अफ गर्नुप¥यो। आठ वटा फिडरहरू क्षतिग्रस्त भएका छन्।

    प्राधिकरणको अण्डरग्राउण्ड केबलिङमा सुरक्षा अवस्था चुनौती उत्पन्न भएको  देखाएको छ। प्राधिकरणको पावर सिस्टमको गहिरो अध्ययन आवश्यक देखिन्छ। अण्डरग्राउण्ड वायरिङमा हुने दुर्घटनाले धनजनमा गम्भीर क्षति पु¥याउने सम्भावनाप्रति चिन्तित बनाएको छ ।

    घटनापछि चन्द्रागिरिका विभिन्न क्षेत्रमा बढी लाइन खपत गर्ने उद्योगको विद्युत आपूर्ति प्रभावित भएको छ। बढी लाइन खपत गर्ने चन्द्रागिरि केबलकारलाई प्राधिकरणका प्राविधिकले केही दिन फिडरले नधान्ने भएकाले बिहान–बेलुकी नचलाउन भनेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij