Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

आँकडामा शेयर बजार २०८१ आशामुखी बनाएर गयो

आँकडामा शेयर बजार २०८१ आशामुखी बनाएर गयो

  • काठमाडौँ । शेयर बजारले आशामुखी बनाएर गएको छ । नेप्से परिसूचक गत वर्षको तुलनामा बितेको चैत महिना उत्साही बनाएको देखिएको हो ।नेप्से परिसूचक एक वर्षमा २३.९२ प्रतिशतले बढेको छ। २०८०सालको  चैत मसान्तमा २०२५.२१ अंकमा रहेको शेयर बजार एक वर्षपछि २०८१ चैत मसान्तमा आइपुग्दा २६६२ विन्दुमा पुगेको हो ।
    २०७८ भदौमा ३१९८ विन्दुमा पुगेर रेकर्ड कायम गरेको बजार त्यसपछि निरन्तर ओरालो लागेको देखिएको थियो । २०७९ असोज ९ गते १८१५ अंकसम्म आइपुगेको थियो ।  गत असारमा सत्ता गठबन्धन फेरिएपछि उकालो लागेको हो।साउन ३१ गते नेप्से ३००० बिन्दुमा पुग्दा २९ अर्ब ९५ करोड रुपैैयाँको कीर्तिमानी कारोबार भएको थियो। बजार पुँजीकरणले समेत रेकर्ड कायम गरेको देखिन्छ । 

    नेप्से परिसूचक भदौ यता तीव्र उचारचढावमा वगेको आयो। असोज १३ गते २४६४ विन्दुमा झरेको नेप्से फागुन १८ गते २८९० अंकमा पुग्यो।२०८० चैतमा ३२ खर्ब १२ अर्ब १ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८१ चैत मसान्तसम्म आइपुग्दा ४४ खर्ब २५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ।यसरी हेर्दा बितेको वर्ष शेयर बजारले आँकडामा उत्साही र आशा जगाएको वर्ष रहेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij