Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

दन्त सामग्री वितरक संघद्वारा तेस्रो ‘नेपडेन्ट’ सम्मेलनको आयोजना गरिँदै

दन्त सामग्री वितरक संघद्वारा तेस्रो ‘नेपडेन्ट’ सम्मेलनको आयोजना गरिँदै

  • काठमाडौं । नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडीडीए)ले तेस्रो नेपडेन्ट सम्मेलनको  आयोजना गर्न लागेको छ । संघले  बैशाख ५, ६ र ७ गते अन्तर्राष्ट्रियस्तरको तीनदिने नेपडेन्ट २०२५ सम्मेलन हुने जनाएको हो । संघका सचिव निरन्जन खतिवडाले तेस्रोपटक हुन लागेको उक्त सम्मेलन काठमाडौँको भुकुटीमण्डपमा हुने जनाए । सम्मेलनमा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने  खतिवडाले विश्वास व्यक्त गरे । यसभन्दा अघि संघले भृकुटीमण्डपमा यस प्रकारको सम्मेलन सम्पन्न गरेको थियो।

    नेपालमा दन्त सामग्री आपूर्तिको क्षेत्रमा ४८ संस्थाहरुले काम गर्दै आइरहेका छन् । करिब ९० भन्दा बढी स्टल रहने उक्त सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने जनाइएको छ। 

    कार्यक्रममा दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट, डेन्टल कलेजका विद्यार्थीहरु, डेन्टल हस्पिटलका संचालकहरु, डेन्टल क्लिनिक, डेन्टल ल्याब लगायत डेन्टल सङ्ग सम्बन्धितहरुको उपस्थिति रहने नेपडेन्ट (२०२५) का संयोजक सुमन अधिकारीले जनाए ।   https://www.nepdent.com/

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij