Logo

Apr 18 2025 | २०८२, वैशाख ६गते

Apr 18 2025 | २०८२, वैशाख ६गते

images

पाकिस्तानको बलुचिस्तानमा विस्फोट, तीन जना प्रहरीको मृत्यु, १६ घाइते

पाकिस्तानको बलुचिस्तानमा विस्फोट, तीन जना प्रहरीको मृत्यु, १६ घाइते

  • इस्लामाबाद ।पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको  बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
    सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ जिल्लाको कुन्द मसुरी क्षेत्रमा भएको हो, जहाँ तालिम केन्द्रबाट फर्किरहेकै क्रममा प्रहरीहरू चढेको गाडीलाई लक्षित गरी विस्फोट गराइएको थियो ।

    दुई जना घाइतेको अवस्था गम्भीर छ । सबै घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको छ । प्रहरी टोली बलुचिस्तान नेशनल पार्टी–मेङ्गल ९बीएनपी–एम० द्वारा आयोजना गरिएको धर्नाको सुरक्षामा खटिएको थियो ।

    घटनापछि बोलन मेडिकल कलेज अस्पताल र क्वेटा सिभिल अस्पतालमा आपतकालीन व्यवस्था मिलाइएको छ ।सरकारले घटनाको छानबिन सुरु गरेको र विस्तृत प्रतिवेदन मागिएको छ ।

    बलुचिस्तान प्रान्तका मुख्यमन्त्री सरफराज बुग्टीले घटनाको कडा निन्दा गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभयो । उहाँले प्रान्तीय स्वास्थ्य मन्त्रीलाई उपचार कार्यको प्रत्यक्ष निगरानी गर्न भन्नुभयो ।

    मुख्यमन्त्री बुग्टीले स्पष्ट रूपमा भन्नुभयो, “घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य हुने छैन । घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाहीबाट जोगिन दिइने छैन ।”
    हालसम्म यो आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर जनसंख्याको हिसाबले सानो प्रान्त हो, जहाँ विगतका वर्षहरूमा सुरक्षाकर्मीलाई लक्षित गरी हिंसात्मक गतिविधि भइरहेका छन् । यस्ता घटनाहरूलाई पृथकतावादी समूहसँग जोडिने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij