Logo

Apr 16 2025 | २०८२, वैशाख ४गते

Apr 16 2025 | २०८२, वैशाख ४गते

images

आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल

आत्मसमीक्षासहित देशको स्थिति बुझाउन जागरण अभियान सफल भइरहेको छः अध्यक्ष दाहाल

  • मध्यविन्दु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियान जनताको बीचमा आत्मसमीक्षासहित देशको स्थिति बुझाउन सफल भइरहेको बताउनुभएको छ । 

    नवलपरासी ९बर्दघाट सुस्तापूर्व० बाट पुनः सुरू गरेको अभियानका क्रममा आज कावासोती पुगेपछि उहाँले जनतामा रहेको भ्रम र असन्तुष्टि चिर्न अभियान सफल बन्दै गएको बताउनुभएको हो ।   

    “विगतमा हामीले सरकार र काठमाडौँ केन्द्रित कुरामा अलि बढी  ध्यान दियौँ भन्ने कमजोरी स्वीकारेपछि देशव्यापी अभियान सुरु भएको छ । यसक्रममा आफ्नो विचार, मुद्दा, आफ्नो वर्ग समुदाय र जनतासँगको सम्बन्धलाई जोड्नुपर्छ भनेर हामी अभियानमा जुटेका हौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “यो अभियानले जनतामा ठूलो उत्साह थपिरहेको छ । सबै वर्गका जनतामा सकारात्मक उभार आएको छ ।” 

    पछिल्लो परिवर्तन र गणतन्त्रको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादीको भएकाले त्यो जिम्मेवारी पूरा गर्न जनताको घरदैलोमा हिँडेको र देशमा देखिएको असन्तुष्टि अन्त्यका लागि माओवादीले पहल गरिरहेको उहाँको भनाइ छ ।  

    काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनबारे धारणा राख्दै पूर्वप्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूसँग गरेको सम्झौताअनुसार काम अगाडि बढेको दाबी गर्नुभयो । वर्तमान सरकारले शिक्षकको जायज मागहरू पूरा गर्नुपर्ने र त्यसका लागि यसअघि भएका सहमतिलाई आधार मान्नुपर्ने उहाँको धारणा थियो ।  

    अभियानका क्रममा नेताहरूले यहाँका बेपत्ता तथा सहिद परिवारसँग भेटघाटसमेत गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij