Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

खुकुलो नीतिगत व्यवस्थाले शेयर कर्जा लगानी साढे एकतीस प्रतिशतले बढ्यो

खुकुलो नीतिगत व्यवस्थाले शेयर कर्जा लगानी साढे एकतीस प्रतिशतले बढ्यो

  • काठमाडौँ । शेयर धितो कर्जामा बैंकहरूको लगानी बढेर गएको छ । चालु आर्थिक वर्षमा शेयर धितो कर्जामा लगानी तीस प्रतिशत बढीले बढेको हो । गत असारको तुलनामा यो ३१.५ प्रतिशतले बढेको देखिएको छ ।केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगानी गर्न बैंकहरूका लागि स्थिति खुकुलो पारेपछि यो स्थिति बनेको हो । बैंकहरुले चालु आर्थिक वर्ष ८ महिनामा शेयर धितोमा २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। 

    राष्ट्र बैंकले तीन वर्षअघि शेयर धितोमा नीतिगत अंकुश लगाएको थियो ।  गत वर्षदेखि राष्ट्र बैंकले यसलाई खुकुलो पार्दै आएको देखिएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब देखिएको अवस्थालाई मूल्यांकन गरी पछि तत्कालीन गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको राष्ट्र बैंकले  २०७८÷७९ को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा ४÷१२ को सीमा लगाएका थिए । सोही वर्ष मौद्रिक नीतिको समीक्षा गर्दै शेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतसम्म पु¥याएपछि बैंकिङ प्रणालीबाट ऋण लिएर सिधै शेयरमा लगानी गर्ने बाटो बन्द भएको थियो । यसपछि बजारको गति उल्टिएको देखिएको थियो।

    उच्च ऋण प्रवाहले गर्दा  २०७८ भदौ २ गते ३१९८ बिन्दुमा पुगेर नेप्सेले कीर्तिमान बनायो । त्यसपछि  राष्ट्र बैंकले कडाइ गरेपछि नेप्से लगातार ओरालो लागेर २०७९ असोज ९ गते १८१५ बिन्दुमा झरेको थियो । २०७८ असारमा शेयर धितो कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ पुगेकामा राष्ट्र बैंकको कडाइले नै २०७९ असारमा आइपुग्दा २५ अर्ब ७८ करोड रुपैयाँले घटेर ८० अर्ब ५० करोड रुपैयाँमा आइपुगेको थियो। सेयर धितोमा बैंकहरुको ऋण लगानी थप खुम्चिएर २०८० असारमा ७६ अर्ब ५३ करोड रुपैयाँमा झरेको थियो।

    शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारेको राष्ट्र बैंकले ठूला लगानीकर्ताका लागि १२ करोड रुपैयाँको सीमा २० करोड पु¥याउँदै चालु वर्षको मौद्रिक नीतिबाट हटाइसकेको छ।शेयर धितो कर्जाको सीमा संस्थागत लगानीकर्ताका लागि  हटाइएपछि १ करोडभन्दा बढीको ऋण लगानी ८ महिनामा ४१.५ प्रतिशतले उक्लिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij