Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

६ जना डीआईजीलाई बढुवा सिफारिस

६ जना डीआईजीलाई बढुवा सिफारिस

  • काठमाडौँ ।  नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयले चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसीलाई बढुवामा सिफारिस गरेको हो ।

    खापुङ हाल केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), आचार्य मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र पोखरेल बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत् छन् । उनीहरु हालका आईजीपी दिपक थापाकै ब्याचमेट हुन् ।
    बढुवा सूचीको चौथो नम्बरमा रहेका कार्की लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ, अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रहेका छन् ।

    ३० वर्षे सेवा अवधिका कारण ४ चैत २०८१ मा तत्कालीन महानिरीक्षक वसन्त कुँवरसँगै उनका ब्याचका एआईजीहरु अवकाशमा गएपछि ६  पद रिक्त भएको थियो । राजनीतिक तानातानले गर्दा एक महिनासम्म बढुवा हुन सकेको थिएन ।एआईजी बढुवा नहुँदा प्रहरीका ६ महत्वपूर्ण विभागहरु खाली थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij