Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

सरकारले एक महिनामा ९ अर्बले घटायो सार्वजनिक ऋण, वार्षिक बजेटको ६२% ऋण भुक्तानीमै खर्च

सरकारले एक महिनामा ९ अर्बले घटायो सार्वजनिक ऋण, वार्षिक बजेटको ६२% ऋण भुक्तानीमै खर्च

  •  

    काठमाडौं । नेपाल सरकारको तिर्न बाँकी सार्वजनिक ऋण एक महिनामा करिब ९ अर्ब रुपैयाँले घटेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार, चालु आर्थिक वर्षको पहिलो (महिनासम्म ९चैत मसान्त) देशको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड रुपैयाँ रहेको छ, जुन फागुन मसान्तको तुलनामा ८ अर्ब ७७ करोड रुपैयाँले कम हो।

    चालु वर्षको सुरुवातमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो। त्यसयता ९ महिनामा ऋणमा २ खर्ब ३३ अर्ब १७ करोड रुपैयाँको वृद्धि देखिएको छ। हाल कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब १ अर्ब ९४ करोड रुपैयाँ आन्तरिक ऋण र १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक ऋण छ। चैत मसान्तसम्म कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५१.१९% र आन्तरिक ऋणको हिस्सा ४८.८१% रहेको छ।

    नेपालको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० को अनुपातमा सार्वजनिक ऋण ४६.७५% पुगेको छ, जसमा आन्तरिक ऋण २२.८२% र बाह्य ऋण २३.९३% रहेको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा ऋणको सावाँ र ब्याज भुक्तानीका लागि सरकारले ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ, जसमा चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ (६२.६७%) भुक्तानी भइसकेको छ।

    यो रकम सरकारको पुँजीगत खर्चभन्दा बढी हो। सरकारी तथ्यांकअनुसार, चैत मसान्तसम्म सरकारले कुल जीडीपीको ४.४३% ऋण भुक्तानीमा खर्च गरिसकेको छ। पछिल्ला ९ महिनामा १ खर्ब ७० अर्ब ९ करोड आन्तरिक ऋण र ३२ अर्ब ९३ करोड वैदेशिक ऋणको दायित्व घटाइएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij