
काठमाडौँ । कर्मचारीको अवकाश उमेर ६० पु¥याउँदा ६० अर्ब बचत हुने आकलन गरिएको छ ।अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले यस्तो जानकारी राज्य व्यवस्था समितिको छलफलमा जनाएका हुन् । कर्मचारीको अवकाश उमेर ५८ बाट एकैपटक ६० वर्ष पु¥याए ५० देखि ६० अर्ब बचत हुने उनले बताए ।
यो आफ्नो नभएर मन्त्रालयको धारणा रहेको बताउँदै सचिव उपाध्यायले अवकाश हुने उमेर ५८बाट ६०मा पु¥याउँदा ५० देखि ६० अर्बको बचत हुने बताए ।निजामतीमा अवकाशको विषयमा निर्णय लिँदा अन्यत्र पनि असर पर्ने छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी लगायतमा समेत असर पर्ने र सबैतिरको जोड्दा एकैपटक अवकाश ५८ बाट ६० वर्ष पु¥याए ५० देखि ६० अर्ब बचत हुने आकलन गरिएको छ ।
६० वर्ष पु¥याउने सहमति जुटे पनि कसरी पास गर्ने विषयमा सहमति बन्न बाँकी रहेको छ । ६÷६ महिना गरेर २ वर्षभित्र लागू गर्ने कि, एक÷एक वर्ष गरेर लागू गर्ने भन्नेमा मत विभाजित रहेको छ । यस्तोमा अर्थ मन्त्रालयले एकैपटक ५८ बाट ६० वर्षको प्रावधान लागू गर्न सुझाएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij