
काठमाडौँ। लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २.२४ प्रतिशतको सामान्य नाफा वृद्धि देखाएको छ। यस अवधिमा बैंकको नाफा रु १ अर्ब ६५ करोड २१ लाख ६३ हजार पुगेको छ, जुन अघिल्लो वर्षको रु १ अर्ब ६१ करोड ५९ लाखको तुलनामा वृद्धि हो।
यस अवधिमा ब्याज आम्दानीमा ७.३१ प्रतिशतको कमी आई, रु ७ अर्ब ८९ करोड ३५ लाख ७३ हजार पुगेको छ। अघिल्लो वर्ष यसै अवधिमा बैंकले रु ८ अर्ब ५१ करोड ब्याज आम्दानी कमाएको थियो। यद्यपि, इम्पेयरमेन्ट चार्जमा भएको घटौतीको कारण नाफामा सामान्य वृद्धि भएको हो। यसका साथै, सञ्चालन नाफामा १३.३४ प्रतिशतको वृद्धि भएको छ र यो अब रु २ अर्ब ५२ करोड पुगेको छ।
चैत मसान्तसम्म बैंकको चुक्ता पूँजी रु २४ अर्ब ३४ करोड छ। प्रतिसेयर आम्दानी रु ९.०५ र प्रतिसेयर नेटवर्थ रु १७६.१६ रहेको बैंकको वितरणयोग्य नाफा भने रु ७७ करोड २७ लाख २० हजार रहेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij