Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड

कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घट्यो, वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड

  • काठमाडौं ।  कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको सोही अवधिमा कमाएको २ अर्ब ५ करोड ३१ लाख रुपैयाँको तुलनामा १०.१७ प्रतिशतले कम हो। बैंकको खुद ब्याज आम्दानी १४।९६ प्रतिशतले घटेर ६ अर्ब १२ करोड रुपैयाँमा झरेको छ, जसका कारण नाफामा पनि गिरावट देखिएको हो।

    बैंकको खराब कर्जा  ३.३० प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ, जसले जोखिमको संकेत गर्दछ। हाल कृषि विकास बैंकको चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १५ अर्ब ४९ करोड रुपैयाँ जम्मा छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ रहेको छ।

    प्रतिसेयर आम्दानी  २ रुपैयाँ ५३ पैसाले घटेर १५ रुपैयाँ ४० पैसा कायम भएको छ, जुन गत वर्षको तुलनामा केही कम भए पनि अझै स्थायीताको संकेत दिन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij