
काठमाडौँ । आज नेप्से परिसूचकमा ४.९३ अंकले घटेर २६९३.३५ बिन्दुमा आएको छ । आज ८ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् ।
यस दिन ३ सय १९ कम्पनीको २ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४४ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पाटर्नर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij