Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

कांग्रेस एमाले गठबन्धन सरकार पूर्ण असफल भएको माओवादीको आरोप

कांग्रेस एमाले गठबन्धन सरकार पूर्ण असफल भएको माओवादीको आरोप

  • काठमाडौँ । नेकपा माओवादी केन्द्रले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार पूर्णरुपमा असफल भएको बताएको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले बुधबार केन्द्रीय कार्यालय पेरिसडाडामा पत्रकार सम्मेलनको आयोजना  गरीे केपी ओली नेतृत्वको सरकार प्राविधिक रूपमा मात्र अस्तित्वमा रहेको बताएका हुन् । 

    उनले भने  ‘वर्तमान गठबन्धन सरकार राजनीतिक रूपमा अस्तित्व गुमाइसकेको छ । प्राविधिक रुपमा अस्तित्वमा रहेको त छ, तर एक दिन पनि सरकारमा बस्ने नैतिकता गुमाइसकेको छ । पूर्ण असफल भइसकेको छ’।दुई दलीय गठबन्धन सरकारले आफ्ना भ्रष्टहरूलाई जोगाउने गरेको र इमान्दार व्यक्तिहरूलाई छानीछानी कारबाही गरेको आरोप लगाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij