Logo

Apr 24 2025 | २०८२, वैशाख १२गते

Apr 24 2025 | २०८२, वैशाख १२गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख १० बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख १० बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १० बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    श्रममन्त्री भण्डारीद्वारा युएईमा नेपाली श्रमिकको दीर्घकालीन हितका विषयमा प्रस्ताव

    काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहयानबीच द्विपक्षीय छलफल गर्नुभएको छ । 

     

     

    आज यहाँ भएको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको तर्फबाट मन्त्री भण्डारीले नेपाली श्रमिकको पक्षमा दीर्घकालीन हित हुने विषय प्रस्ताव गर्नुभयो । नेपाली महिला घरेलु कामदार युएई लैजाने सम्बन्धमा एक ‘पाइलट’ परियोजना अगाडि बढाउने विषयमा छलफल भएको मन्त्रीकोे निजी सचिवालयले जनाएको छ ।

    पियोर इनर्जीको आइपीओ वैशाख ११ गते बाँडफाँट हुने

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन  बिहीबार (वैशाख ११ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार भोलि बिहान ८स्३० बजे नारायणचौर, नक्सालस्थित आफ्नै कार्यालयमा बाँडफाँट प्रक्रिया सुरु गरिनेछ।

     

    यस पटक पियोर इनर्जीको आइपीओ अत्यधिक मागमा परेको छ। कुल माग १९.२८ गुणा बढी रहेकाले बाँडफाँट गोलाप्रथाबाट गरिनेछ।

    यसमा १९ लाख ३६ हजार ५३ जनाले आवेदन दिँदा, जम्मा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर प्राप्त गर्नेछन्। बाँकी १८ लाख १६ हजार ५३३ जनाको हात भने खाली हुनेछ।

    स्वरोजगार र स्वाभिमान लघुवित्तको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वरोजगार लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको बोनस सेयरलाई समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको छ। बुधबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन गरिएको हो।

     

    स्वरोजगार लघुवित्तको १३.५० प्रतिशत बोनस सेयर समायोजनसँगै यसको समायोजित मूल्य रु ९६०.२४ कायम भएको छ।

     स्वाभिमान लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजनसँगै समायोजित मूल्य रु १७३६.०६ तोकिएको छ।

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय (सूचीसहित)

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले १९ निर्णय गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन । 

     

    बैठकले काठमाडौंको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका स्व। सविन महर्जन तथा स्व। सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

    शेयर बजार : नेप्से परिसूचकमा ३२.४४ अंकले घटेर २६५५.८८ बिन्दुमा, ७ अर्ब ५७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.४४ अंकले घटेर २६५५.८८ बिन्दुमा आएको छ ।  आज ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । यस दिन ३ सय ८ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप पावर कम्पनी परेका छन् ।

    प्रभु स्टील्सले अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न, सर्वसाधारणलाई आईपीओ निष्कासनको तयारीमा

    काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले चैत ६ देखि २० गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री खुला गरेको थियो। वितरण नभएका १३ लाख १७ हजार ३० कित्ता शेयरलाई चैत ६ देखि वैशाख ५ गतेसम्म लिलामीमार्फत विक्री गरिएको हो।

    लिलामीमा कम्पनीले प्रति कित्ता न्यूनतम ६० रुपैयाँ मूल्य तोकेको थियो, जसमा अधिकतम १०० रुपैयाँदेखि न्यूनतम ६० रुपैयाँसम्म मूल्यमा आवेदन दिएका सबै आवेदकहरूलाई शेयर बाँडफाँट गरिएको छ। बाँडफाँट गरिएका यी सबै शेयर संस्थापक समुहतर्फका रहेका हुन्।

    ट्रष्ट माइक्रो इन्सुरेन्सको वार्षिक साधारण सभा जेठ १ गते, आइपीओ प्रस्ताव पेश गरिने

    काठमाडौं । ट्रष्ट माइक्रो इन्सुरेन्स लिमिटेडले वार्षिक साधारण सभा आगामी जेठ १ गते आयोजना गर्ने भएको छ। सभा महाराजा रिसोर्ट प्रालि, रुपन्देहीमा बिहान ९स्१५ बजे सुरु हुनेछ।

    उक्त सभामा कम्पनीले आइपीओ  निष्कासन गर्ने प्रस्ताव पेश गर्ने तयारी गरेको छ। साथै, आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान विवरण लगायतका महत्वपूर्ण वित्तीय दस्तावेजहरूमा छलफल गरी पारित गरिनेछ।

     

    त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    नेरुडे मिर्मिरे लघुवित्तको वार्षिक साधारण सभा जेठ १० गते धुलिखेलमा हुने

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा जेठ १० गतेका लागि आह्वान गरेको छ। सभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजेबाट सुरु हुने छ।

    यस पटकको सभामा लाभांश प्रस्ताव नगर्ने निर्णय गरिएको छ। सभा एजेन्डाअन्तर्गत आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात तथा वित्तीय विवरणहरू लगायतका दस्तावेजहरूमा छलफल गरी पारित गर्ने प्रस्ताव राखिएको छ।

    तीनकुने घटनामा मृत्यु भएका परिवारलाई जनही १० लाख उपलब्ध गराउने

    काठमाडौँ । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

     

     

    मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी गराउनुभएको हो । 

    रघुजी पन्त शिक्षामन्त्री नियुक्त, भोलि शपथ

    काठमाडौं ।रघुजी पन्तलाई  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा  नियुक्त गरिएको छ । धानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।

     

    भारतीय विद्युत् मन्त्रीको भ्रमण बेला अपेक्षित सम्झौता भएन ,एमओयू मात्र भयो

    काठमाडौँ । नेपाली भारतबीच कम्पनी स्थापना गर्ने समझदारी पत्र एमओयूमा हस्ताक्षर भएको छ ।भारतीय विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरको नेपाल भ्रमाणका बेला उक्त एमओयूमा हस्ताक्षर भएको छ ।दुई ४०० केभी प्रसारण लाइन इनरुवा–पूर्णिया र दोदोधरा–बरेली निर्माण कम्पनी स्थापना गर्न संयुक्त लगानी सम्झौता हुनुपर्नेमा  दुई मुलुकबीच कम्पनी स्थापना सम्बन्धी समझदारीपत्र (एमओयू) मा मात्रै हस्ताक्षर भएको हो  ।
    ३० माघ २०८१ मा भारतको राजधानी  नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२औँ बैठकमा ४०० केभीको इनरुवा–न्यु पूर्णिया र दोदोधरा–बरेली प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापना सम्बन्धी काम गर्ने सहमति  भएको  थियो ।उक्त सहमति अनुसार नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड अफ इन्डिया लिमिटेडबीच संयुक्त लगानी सम्बन्धी सम्झौता हुने अपेक्षा गरिएको थियो ।

    सरकार सञ्चालनमा  समस्या छैन : गृहमन्त्री लेखक

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको स्पष्ट पार्नुभएको छ । नयाँ वर्ष २०८२ को सन्दर्भ पारेर आज सुरक्षा विटमा कार्यरत पत्रकारसँगको भेटमा उहाँले शिक्षा मन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता साझेदारीमा कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो । 

     

     

    “सरकारमा कुनै त्यस्तो समस्या छैन, गभर्नर सिफारिसका लागि गठन भएको सर्च कमिटीको एक सदस्यले राजीनामा गर्नुभएको छ । फेरि त्यसलाई पूर्णता दिएर अघि बढ्नुपर्ने हुन्छ । आउँदो मन्त्रिपरिषद् बैठकमा छलफल गरेर त्यसलाई पूर्णता दिन्छौँ”, सञ्चारकर्मीको जिज्ञाशामा उहाँले भन्नुभयो । 

    चालु आर्थिक वर्षको आर्थिवृद्धि साढे चार प्रतिशतमा झर्ने विश्व बैंकको आकलन

    काठमाडौँ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धि झरेर साढे चार प्रतिशतमा आउने आकलन गरिएको छ ।विश्व बैंकले दक्षिण एसियाको आर्थिक वृद्धिको सम्भावनाहरू कमजोर रहने जनाउँदै नेपालको बारेमा यस्तो आकलन गरेको हो ।विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता भइरहेकाले  आर्थिक वृद्धि सम्भावनाहरू कमजोर भएको जनाउँदै विश्व बैंकले  अधिकांश देशहरूको  वृद्धि अनुमानहरू घटाएको छ । बुधबार सार्वजनिक गरिएको ’दक्षिण एसिया विकास अद्यावधिक प्रतिवेदनअनुसार सन् २०२५ मा क्षेत्रीय वृद्धिदर ५.८ प्रतिशतमा झर्नेछ । अक्टोबरको अनुमानभन्दा ०.४ प्रतिशत अंक कम र २०२६ मा ६.१ प्रतिशतमा पुग्ने अनुमान गरिएको छ ।

    जुत्ता ,चप्पल र औषधिमा एमआरपी एक साता भित्र नराखेको पाइए कारबाही गरिने चेतावनी

    काठमाडौंँ । अधिकतम खुद्रा मूल्य (एमआरपी) नराख्ने विरुद्ध सरकार कारबाही झन् कठोर पार्ने जनाएको छ ।
    जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य एमआरपी) राख्न निर्देशन दिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन निर्देशन दिएको हो ।

     

    विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले मंगलबार यी दुई संघसँग छलफल गरेको थियो । उक्त छलफलमा सात दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागका महानिर्देशक दाहालले छलफलबारे जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार गत चैतदेखि नै विभागले एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको हो । तर  जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरेको हो ।

    एनआरएनएको विवाद चुलिँदै , घोषित एकता महाधिवेशनको मिति सार्ने परराष्ट्रको पत्र

    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अकस्मात चुलिएको छ । बैशाखमै सम्पन्न गर्न खोजिएको एकता महाधिवेशन ६ महिना पर सार्न परराष्ट्र मन्त्रालयले पत्राचार गरेको हो  । मन्त्रालयले सर्वोच्च अदालतमा निवेदन दर्ता गरिदिन भन्दै महान्याधिवक्ताको कार्यालयलाई पत्राचार गरिसकेको छ । सर्वोच्च अदालतको परमादेशअनुसार एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिको सहमति बिना नै परराष्ट्र मन्त्रालयले ६ महिना समय थप गर्न सिफारिससहित पत्राचार गरेको हो । 

     

    सर्वोच्चको परमादेश अनुसार परराष्ट्रकै समन्वयमा  उच्चस्तरीय समितिका संयोजक रहेका  एनआरएनएका पूर्वअध्यक्ष शेष घले  नेतृत्वको १३ सदस्यीय समितिले यही मे महिनाको ३, ४ र ५ मा काठमाडौँमा एकताको महाधिवेशन तोकेर सबै प्रक्रिया अघि बढाइसकेको  हो । यस्तो अवस्थामा परराष्ट्रले २०८२ कात्तिक ४ पछि एकताको महाधिवेशन गर्ने गरी ६ महिना समय थप गर्न पत्राचार गरेको हो ।

    शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

    काठमाडौँ  । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ९सिजप० ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप परिवर्तन गर्न शिक्षक र विद्यालय कर्मचारीलाई आग्रह गरेको छ ।
          
    गत चैत २० दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयमा भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा प्रभावित हुँदै आएको छ । “तपाईंहरुका  जायज  माग हरु पूरा हुनुपर्छ । हामीले नि त्यही नै भनेको छौँ तर आन्दोलन निरन्तरता दिए पनि स्वरूप फेर्नुहोस् ।”, सिजपका महासचिव तिलोत्तम पौडेलले भन्नुुभयो, “शिक्षाको आधारभूत प्रवेश भर्ना अभियान, बाँकी भएकाको नतिजा प्रकाशन र कक्षा १२ को परीक्षा नरोक्न आवश्यक  विकल्प खोज्नुहोस् ।

    काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

    पहलगाम ।सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा घातक आक्रमणमा बन्दुकधारीहरूले पर्यटकहरूमाथि गोली चलाएर कम्तीमा २६ जनाको हत्या गरेको एक दिनपछि बुधबार काश्मीरमा भारतीय सुरक्षा बलले ठूलो खोजी अभियान सञ्चालन गरेको छ ।

     

     

    प्रधानमन्त्री नरेन्द्र मोदीले ‘जघन्य कार्य’ को निन्दा गर्नुभयो र आक्रमणकारीहरूलाई ‘न्यायको कठघरामा ल्याउने’ वाचा गर्नुभयो ।

     

    बुधबार बिहान भारत फर्कनका लागि साउदी अरबको राजकीय भ्रमण छोट्याउनुभएका मोदीले आफ्नो आगमनमा तुरुन्तै शीर्ष सुरक्षा अधिकारीहरूसँग भेट गर्नुभएको एक सरकारी अधिकारीले बताए ।

    सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो , आज एक लाख ९० हजार ४०० मा कारोबार

    काठमाडौँ ।  सुनको मूल्य तोलामा रू सात हजार ५०० घटेको छ । मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

     

    त्यस्तै, आज चाँदी प्रतितोला रू पाँचले घटेर रू एक हजार ९६५ मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३६ रूपैयाँ ६१ पैसा कायम भएको छ ।
     
         केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रूपैयाँ २३ पैसा र बिक्रीदर १५६ रूपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ९१ पैसा र बिक्रीदर १८२ रूपैयाँ ७२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।
     
         यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रूपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ र बिक्रीदर १०४ रूपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij