
काठमाडौँ । सांंसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।
आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् ।
बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको पढाइमा असर परिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
“अहिले पनि शिक्षक विभिन्न मागसहित आन्दोलनरत छन् । जसले गर्दा विद्यार्थीको भर्ना रोकिएको अवस्था छ । उनीहरुको आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ रु भनेर सरकारलाई सुझाव दिनुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले गोरखास्थित बारपाकमा २०७२ को भूकम्पपछिको पुनर्निमाण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । सांसद सुमित्रा विसीले पछाडि परेका प्रदेशहरुलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।
समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा उठाइएका विषयबस्तुलाई सम्बोधन गर्न छलफल गरिने प्रतिबद्धता जनाउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij