Logo

Apr 24 2025 | २०८२, वैशाख १२गते

Apr 24 2025 | २०८२, वैशाख १२गते

images

अर्थमन्त्रालयको एलएमबीआईएस बजेट सिस्टम ह्याक , बजेट छलफल प्रभावित

अर्थमन्त्रालयको एलएमबीआईएस बजेट सिस्टम ह्याक , बजेट छलफल प्रभावित

  • काठमाडौँ । अर्थमन्त्रालयको बजेट सिस्टम ह्याक भएको छ । त्यो सिस्टम ह्याक भएपछि  बजेट तयारीको क्रममा हुने छलफल प्रभावित भएको हो । बजेट तयारीको क्रममा देशभरका विभिन्न मन्त्रालयका कार्यालयहरूको तर्फबाट कार्यप्रगतिका आधारमा प्रस्तुत गरिने छलफलका विषयहरूलाई सोही सिस्टमबाट संयोजन गर्ने गरिएकोमा त्यो सिस्टम ८ गते वैशाखदेखि ह्याक भएको स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिएको निर्देशन अनुसार गरिने छलफलका लागि प्रयोग गरिने एलएमबीआईएस नाम गरिएको सफ्टवेयर ह्याक भएको हो । यसरी प्राप्त गरिने सुझावहरूको संकलन, संशोधन र समावेश गरी बजेटमा सहज समावेशका लागि यो सफ्टवेयरको प्रयोग गरिने भएको स्रोतको भनाइ छ ।यसबारे मन्त्रालयको फोनमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको हो ।स्रोतका अनुसार आजसम्म पनि त्यो सफ्टवेयर पुनः नियन्त्रणमा आउन नसकेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij