Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

सेन्ट्रल फाइनान्सको १७औं वार्षिक साधारण सभा जेठ ४ गते, लाभांश प्रस्तावबिनाको एजीएम

सेन्ट्रल फाइनान्सको १७औं वार्षिक साधारण सभा जेठ ४ गते, लाभांश प्रस्तावबिनाको एजीएम

  •  

    काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा (एजीएम) आगामी जेठ ४ गते कम्पनीको केन्द्रीय कार्यालय कुपण्डोल, ललितपुरमा बिहान १० बजेका लागि बोलाएको छ। यस पटक कम्पनीले लाभांश प्रस्ताव नगरी सभा आयोजना गर्न लागेको हो। साथै, सेयरधनी प्रतिनिधिको स्थान खाली रहेको कारण कुनै नयाँ सदस्य चयनको एजेन्डा यसपटक नराखिएको छ।

    साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा(नोक्सान विवरण, तथा नगद प्रवाह विवरण लगायतका विषयमा छलफल हुनेछ। साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभामा पेश गरिनेछ।

    सभा प्रयोजनका लागि कम्पनीले वैशाख २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले वैशाख २१ गतेसम्म कम्पनीको सेयरधनी सूचीमा नाम रहेका लगानीकर्ताहरूले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij