Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

अल्जेरियामा पहिरो जाँदा चार जनाको मृत्यु, १३ घाइते

अल्जेरियामा पहिरो जाँदा चार जनाको मृत्यु, १३ घाइते

  • अल्जियर्स ।अल्जेरियाको पश्चिमी तटीय शहर ओरानमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।

    नागरिक सुरक्षा एजेन्सीले शहरको हाई एसानौबार जिल्लामा शनिबार अबेर पहिरो गएको जनाएको छ ।

    यसमा चार जना मृतकहरू पाँच देखि ४३ वर्ष उमेरका थिए । साथै, १२ देखि ७५ वर्ष उमेरका अन्य १३ जना पीडितहरूलाई विभिन्न चोटपटक लागेको बताएको छ ।

    अधिकारीहरूले पहिरोको कारणबारे कुनै टिप्पणी गरेको छैन । गृह मन्त्रालयले पहिरोमा हालसम्म कोही नहराएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij