Logo

Apr 28 2025 | २०८२, वैशाख १६गते

Apr 28 2025 | २०८२, वैशाख १६गते

images

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझायो

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझायो

  • काठमाडौं । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारसम्बन्धी अध्ययन गर्न सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा गठित उपसमितिले संसदीय समितिलाई प्रतिवेदन बुझाएको छ । लिङदेनको नेतृत्वमा करिब एक वर्षअघि गठित उपसमितिले आज सोमबार संसद भवनमा रहेको शंकर हलमा पत्रकार सम्मेलनबीच प्रतिवेदन बुझाएको हो । लिङदेन प्रतिनिधिसभाअन्तर्गत रहेको सार्वजनिक लेखा समिति सदस्यसमेत हुन् ।

    २०८१ जेठ २८ मा विमानस्थलमा भएका अनियमितता, भ्रष्टाचारसँग सम्बन्धित गुनासाका बारेमा अध्ययन गर्न गठन भएको र उक्त उपसमितिले स्थलगत अनुगमन, अन्तरक्रिया र छलफल तथा कागजात अध्ययनपछि ३८ पृष्ठको प्रतिवेदनमा ६ वटा निष्कर्ष निकालिएको छ । लिङदेन संयोजक रहेको उक्त उपसमितिमा जनार्दन शर्मा, गोकुल बास्कोटा, अमनलाल मोदी, अर्जुननरसिंह केसी, प्रेम आले, रामकृष्ण यादव, तारा लामा, देवप्रसाद तिमिल्सेना, दीपक गिरी र रुकमणी राना सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij