Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

डिप्रोक्स लघुवित्तको नाफामा ७१% वृद्धि, तेस्रो त्रैमाससम्म ४३ करोड नाफा

डिप्रोक्स लघुवित्तको नाफामा ७१% वृद्धि, तेस्रो त्रैमाससम्म ४३ करोड नाफा

  • काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीको खुद नाफा ७०.८१ प्रतिशतले वृद्धि भई ४३ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको २५ करोड २९ लाख रुपैयाँको तुलनामा निकै उच्च हो।

    खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेखनीय वृद्धि भएकोले नाफा बढेको देखिन्छ। खुद ब्याज आम्दानी ५२.३५ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६८.८२ प्रतिशतले बढ्दै ६३ करोड १६ लाख रुपैयाँ पुगेको छ।

    चैत मसान्तसम्म डिप्रोक्सको वितरणयोग्य नाफा ३६ करोड १६ लाख रुपैयाँ रहेको छ। यद्यपि कम्पनीको खराब कर्जाको अनुपात केही बढेको छ — ८.२५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij