काबुल ।आइतबार र सोमबार छ हजार छ सय १९ सदस्यसहित कुल एक हजार चार सय १४ अफगान परिवार छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको फिर्ती समस्याहरू सम्बोधन गर्ने उच्च आयोगले मङ्गलबार रिपोर्ट गरेको छ ।
शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा क्रसिङ, पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमा पोइन्ट र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा क्रसिङ पोइन्ट हुँदै घर फर्केका छन् ।
अप्रिल १ देखि २४ सम्म पाकिस्तानबाट करिब एक लाख २० हजार अफगानी शरणार्थी स्वदेश फर्केको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त ९युएनएचसिआर० ले बिहीबार रिपोर्ट गरेको छ ।
करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू छन् र हाल विदेशमा बसिरहेका छन् । तीमध्ये अधिकांश अफगानिस्तानको पाकिस्तान र इरानमा बसिरहेका छन् ।
अफगान अन्तरिम सरकारले बारम्बार अफगान शरणार्थीहरूलाई फर्कन र आफ्नो युद्धग्रस्त मातृभूमि पुनर्निर्माण गर्न सहयोग गर्न आग्रह गरेको छ ।