
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १६ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
अब सुन आयातका सिफारिसमा कुनै शुल्क नलाग्ने : राष्ट्र बैंकको निर्देशन
काठमाडौं । अबदेखि सुन आयातका लागि सिफारिस गर्दा कुनै पनि प्रकारको शुल्क वा दस्तुर लिने पाइने छैन। नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले सुन आयात तथा बिक्री वितरण प्रक्रियामा लाग्ने शुल्क हटाउन निर्देशन दिएको हो।
बैंकले सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को दफा १४ अनुसार, सिफारिसका क्रममा शुल्क नलाग्ने व्यवस्था रहेको स्पष्ट गर्दै, यसको पूर्ण कार्यान्वयन गर्न आग्रह गरेको छ।
यस निर्णयसँगै अब सुन आयातको स्वीकृति लिन सुन व्यवसायी संघ वा महासंघबाट सिफारिस गर्दा व्यवसायीले कुनै शुल्क तिर्नुपर्ने छैन। राष्ट्र बैंकले आयातकर्ता र व्यवसायीलाई निःशुल्क सेवा दिन निर्देशन दिँदै शुल्क लिएमा कडा कारबाही हुने चेतावनीसमेत दिएको छ।
विकास हाइड्रोपावरलाई ४४ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने अनुमति
काठमाडौँ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ४४ लाख ५४ हजार ५९६ कित्ता साधारण सेयर (आइपीओ) बिक्री गर्न अनुमति प्राप्त गरेको हो।
यो आधारमा कम्पनीले कुल ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो। उक्त आइपीओको बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।
यस आइपीओपछि सर्वसाधारण लगानीकर्ताले विकास हाइड्रोपावरमा प्रत्यक्ष लगानी गर्न पाउने छन्।
शेयर बजार : नेप्से परिसूचकमा १५.०८ अंकले घटेर २६३१.९८ बिन्दुमा, ७ अर्ब ५७ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १५.०८ अंकले घटेर २६३१.९८ बिन्दुमा आएको छ । आज ७ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३ सय ११ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८२ करोड ४३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र राधी विद्युत कम्पनी परेका छन् ।
राष्ट्रपति पौडेलले वैशाख १९ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते अपराह्न ३ बजे संघीय संसद्का दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभा — को संयुक्त बैठकमा सम्बोधन गर्ने भएका छन्।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। संविधानअनुसार सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गरिने व्यवस्था रहेको छ।
संयुक्त संसद बैठकमा राष्ट्रपतिको सम्बोधनमार्फत सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरिनेछ, जसमा विकास, बजेटको प्राथमिकता, सार्वजनिक सेवा र राष्ट्रिय हितका प्रमुख योजनाहरू समेटिने अपेक्षा गरिएको छ।
विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह
काठमाडौँ । सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिनुभयो ।
भिजन इनर्जी एण्ड पावर लिमिटेडको विशेष साधारण सभा जेठ २ गते, सर्वसाधारणलाई आईपीओ ल्याउने तयारी
काठमाडौँ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी थालेको छ। कम्पनीको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते विहान ११ बजे विशेष साधारण सभा भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको छ।
साधारण सभाले कम्पनीको जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र त्यस अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।
डिप्रोक्स लघुवित्तको नाफामा ७१% वृद्धि, तेस्रो त्रैमाससम्म ४३ करोड नाफा
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीको खुद नाफा ७०.८१ प्रतिशतले वृद्धि भई ४३ करोड २१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको २५ करोड २९ लाख रुपैयाँको तुलनामा निकै उच्च हो।
खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेखनीय वृद्धि भएकोले नाफा बढेको देखिन्छ। खुद ब्याज आम्दानी ५२.३५ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६८.८२ प्रतिशतले बढ्दै ६३ करोड १६ लाख रुपैयाँ पुगेको छ।
गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको नाफामा ३८ गुणा वृद्धि, तेस्रो त्रैमासमा २.७४ करोड कमाई
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गर्दै २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको नाफा केवल ७ लाख १ हजार रुपैयाँ मात्र रहेको थियो, जसको तुलनामा यो नाफा ३८ गुणाले अर्थात् ३ हजार ८१२ प्रतिशतले वृद्धि भएको हो। बिमा शुल्क संकलनमा तीव्र बृद्धि हुँदै १ करोड ७८ लाखबाट १९ करोड ४८ लाख रुपैयाँ पुगेको छ भने कर्जा तथा लगानीबाट ३ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको छ। यी दुबै क्षेत्रबाट आएको आम्दानीको वृद्धि नै कम्पनीको नाफा बढ्नुमा प्रमुख कारण बनेको छ। हाल कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ रहेको छ, भने रिटेन्ड अर्निङ १ करोड ९० लाख रुपैयाँ पुगेको छ। यससँगै प्रति शेयर आम्दानी ४.८८ रुपैयाँ र प्रति शेयर नेटवर्थ १०२.९३ रुपैयाँ पुगेको छ, जसले कम्पनीको वित्तीय आधार बलियो बनिरहेको स्पष्ट देखिन्छ।सन नेपाल लाइफले वैशाख ३० देखि हकप्रद सेयर खुला गर्नेकाठमाडौं।सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आगामी वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १:०.२७ को अनुपातमा कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
प्रत्येक कित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिने यस हकप्रद सेयरबाट कम्पनीले जम्मा १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको पुँजी जुटाउनेछ। हकप्रद सेयरका लागि कम्पनीले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ, जसअनुसार वैशाख ४ गतेसम्म कम्पनीका सेयरधनीहरूले मात्र आवेदन दिने पात्रता पाउनेछन्।राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयको पहलकाठमाडौँ ।राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन प्रतिवेदनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसहित छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा र निजी सचिवालयका कर्मचारीको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माणाधीन राष्ट्रिय प्राथमिकताप्राप्त विभिन्न सडक आयोजनाको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा विकास निर्माणमा देखिएका समस्याबारे प्रस्तुति गरिएको थियो । क्यानाडाका कार्नीसँग काम गर्न उत्सुक : भारतीय प्रधानमन्त्री मोदीनयाँदिल्ली ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार आफ्ना क्यानाडाली समकक्षी मार्क कार्नीलाई चुनावको जितका लागि बधाई दिँदै नयाँदिल्ली र ओटावाबीचको सम्भावित सम्बन्ध पुनःस्थापित हुने आशा व्यक्त गर्नुभएको छ ।
“हामी हाम्रो साझेदारी सुदृढ गर्न र हाम्रा जनताका लागि थप अवसरहरू खोल्न तपाईंसँग काम गर्न तत्पर छौँ”, मोदीले एक वक्तव्यमा भन्नुभयो, “भारत र क्यानाडा साझा लोकतान्त्रिक मूल्यहरू, कानूनको शासनप्रति दृढ प्रतिबद्धता र जीवन्त जनता–देखि–जनता सम्बन्धहरूले बाँधिएका छन् ।”कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपेको छ : सभापति देउवपाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताउनुभएको छ । कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उहाँले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताउनुभयो ।‘बजाज ग्रान्ड कार्निभल’ २० प्लस भ्यालुयटर्सहरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसनकाठमाडौँ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्रान्ड कार्निभल’ योजना ल्याएको छ । कम्पनीले यही २०८२ वैशाख १६ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘बजाज ग्रान्ड कार्निभल’ मार्फत ग्राहकहरुले २० प्लस भ्यालुयटर्स हरूबाट ग्यारेन्टीका साथ उच्चतम भ्यालुयसन, अन द स्पट फाइनान्स तथा निःशुल्क असेसोरिज पाउने कम्पनीले जानाएको छ ।
साथै यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया जस्तै घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकतालाई यो योजनाले सरल बनाउनेछ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै ऋण पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने जनाइएको छ । साथै, बजाज ग्रान्ड कार्निभल वैशाख १६ गतेदेखि वैशाख २१ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ भने ग्राहक हरुको लागि गेम जोन, टेस्ट राईड पनि रहेको छ ।त्रुटि सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेज सम्बन्धी ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारितकाठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो ।
त्यसअघि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले कतिपय ऐनमा रहेको प्राविधिक तथा आनुसाङ्गिक त्रुटि सुधार गर्ने उद्देश्यले ८९ ऐन संशोधन र दुई ऐन खारेजको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।दुई दिनमा पाकिस्तान र इरानबाट छ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
सिरहा। लहानको मुख्यचोकमा रहेको सहिद स्मारकलाई स्थानान्तरण गरिने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक निर्माणलाई गति दिन स्थानान्तरण गरिन लागेको हो । यसका लागि सोमबार लहान नगरपालिकाको अग्रसरतामा जिल्ला समन्यव समिति, प्रमुख जिल्ला अधिकारी, जनता समाजवादी पार्टी नेपालसहित सरोकारवालाबीच भएको छलफलमा उक्त स्मारक व्यवस्थापनका लागि सहमति जुटेको हो । सहमतिअनुसार सडकको बीच भागमा रहेको सहिद स्मारक हाललाई करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवनको अगाडि स्थानान्तरण गरिने नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । “लामो प्रयास र निरन्तरको छलफलपछि चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई स्थानान्तरण गर्ने निर्णय भएको हो ।
मंगलबार सुनको मूल्य प्रतितोला ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम
काठमाडौँ।स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला रु एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन रु तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कृषि बाटो निर्माणमा भ्रष्टाचार गरेको आरोपमा नौ जनाविरुद्ध मुद्दा
काठमाडौँ।सर्लाहीको धनकौल गाउँपालिकामा कृषि बाटो निर्माणको क्रममा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार, लागत अनुमानविपरीत निर्माण कार्य सञ्चालन गरेर सार्वजनिक सम्पत्तिमा हानि पुर्याइएको अभियोगमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ स्तरका कर्मचारी मोहम्मद रफिक, तथा सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध रु ७ लाख ७९ हजार २०५ बराबरको बिगो मागसहित मुद्दा दर्ता गरिएको हो।
मन्त्रिपरिषद् बैठक : शिक्षकका आन्दोलन वार्ताबाटै समाधान गरिने
काठमाडौँ । आज साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ ।
बैठकमा शिक्षकहरुको आन्दोलन वार्ताको माध्यमबाट समाधान गर्न पहल भइरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी गराउनुभएको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । आजै भएको वार्तामा आन्दोलन टुङ्गिने दिशातर्फ उन्मुख भएको शिक्षामन्त्री पन्तले बैठकमा जानकारी गराउनुभएको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij