Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

भन्सार विधेयक प्रतिनिधिसभाबाट मंगलबार  पारित

भन्सार विधेयक प्रतिनिधिसभाबाट मंगलबार  पारित

  • काठमाडौं । सरकारद्वारा प्रस्तावित भन्सार विधेयक प्रतिनिधिसभाबाट मंगलबार  पारित भएको छ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  पारित गर्न  पेश गरेका विधेयक प्रस्तावलाई बहुमतले स्वीकृति दिइएको हो ।

    उक्त विधेयक अघिल्लो सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १८ गते प्रतिनिधिसभामा दर्ता गराएका थिए । त्यसपछि २०८० चैत १८ गते अर्थ समितिमा दफावार छलफलका लागि पठाइएको यो विधेयक २०८१ वैशाख १४ गते समितिबाट पारित भई पुनः सभामा पुगेको थियो ।

     यो विधेयक अब राष्ट्रिय सभामा पठाइनेछ। राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रतिनिधिसभामा पुनः प्रमाणीकरणका लागि पेश गरिनेछ । त्यसपछि सभामुखमार्फत राष्ट्रपतिसमक्ष पुगी राष्ट्रपतिको प्रमाणिकरणपछि कानुनको रूपमा कार्यान्वयनमा आउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij