Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ५० अर्ब रुपैयाँको निक्षेप संकलन

  • काठमाडौं। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता घटाउन नेपाल राष्ट्र बैंकले आज २१ दिनको अवधिका लागि ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) जारी गरेको छ।

    यसअघि चैत २५ र २७ गते जारी गरिएको ५५ अर्ब रुपैयाँको निक्षेप संकलन आज परिपक्व भएसँगै राष्ट्र बैंकले पुनः वित्तीय प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्।

    यस निक्षेपको परिपक्वता मिति २०८२ साल जेठ ७ गते तय गरिएको छ। ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीबाट निर्धारण हुनेछ। आवेदक संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ अर्बसम्म माग गर्न सक्ने व्यवस्था गरिएको छ।

    बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता अधिक रहेको र त्यसअनुसार कर्जा प्रवाह नहुँदा राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा (SDF) र अन्य उपकरणमार्फत बारम्बार तरलता व्यवस्थापन गर्दै आएको छ। यस्तै, केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशत तोकेको छ, जुन दरभन्दा तल अन्तरबैंक दर जान नदिन राष्ट्र बैंक सक्रिय रहँदै आएको छ।

    निक्षेप संकलन उपकरणको ब्याजदर बजारको तरलताको अवस्थाअनुसार परिवर्तन हुन्छ—तरलता बढी हुँदा ब्याजदर घट्ने, र कडाइको अवस्थामा बढ्ने गर्छ। जबकि स्थायी निक्षेप सुविधाको ब्याजदर भने स्थिर ३ प्रतिशतमा कायम छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij