Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

पशुपति विकास कोषको ऐन परिमार्जन गरिने

पशुपति विकास कोषको ऐन परिमार्जन गरिने

  • काठमाडौं ।पशुपति विकास कोषको ऐन परिमार्जन गरिने भएको छ ।   संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐन परिमार्जन गरी समय सापेक्ष बनाइने बताएका  हुन् ।

    बुधबार पशुपति क्षेत्र विकास कोषको ३९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिएको बताए । उनले चाँडै मस्यौदा मन्त्रिपरिषद् हुँदै संसद् लैजाने प्रतिबद्धता व्यक्त गरे ।

     नेपाललाई अन्तर्राष्ट्रिय पहिचान समेत दिएको बताउँदै  मन्त्री पाण्डेले  पशुपतिनाथ विश्व हिन्दू धर्मावलम्बीका आस्थाको धरोहर रहेको बताए । मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानका रूपमा रहेको पशुपतिनाथलाई थप व्यवस्थित गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij