Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भए

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भए

  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।सर्वोच्चको पत्र कारागारमा पुगेपछि उनी रिहा भएका हुन् । 

    सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।

    प्रहरीले उनलाई दिउँसो १ बजे पक्राउ गरेपछि कारागार पुर्‍याइएको थियो । उनलाई भर्खरै डिल्लीबजार कारागारबाट छाडिएको हो ।

    सर्वोच्चको पत्र अनधिकृत भएको पाइएसँगै अर्को पत्र लेखेर छाड्न भनिएको थियो । सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार सो विषयमा आन्तरिक छानबिन भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij