Logo

Apr 30 2025 | २०८२, वैशाख १८गते

Apr 30 2025 | २०८२, वैशाख १८गते

images

चालु आवमा  अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बको हुने

चालु आवमा  अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्बको हुने

  • काठमाडौँ । चालु आव २०८१÷८२मा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब बराबरको हुने भएको छ ।राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय तथ्यांकको अनुमानित आकलन प्रतिवेदनमा यस्तो जनाइएको हो ।

    rs1.jpg

    राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आवमा उपभोक्ता मूल्यमा आर्थिक वृद्धि दर ४.६१ प्रतिशत रहने जनाइएको छ ।

    rastriya tthyank.jpg

    कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो भने आव २०७९/८० मा १.९८ प्रतिशत थियो ।

    राष्ट्रिय तथ्यांक कार्यालयले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्ति अनुसार चालु आर्थिक वर्षको राष्ट्रिय लेखाका प्रारम्भिक अनुमान तयार गर्दा उपलब्ध तथ्याङ्कको आधारमा छ देखि नौ महिनासम्मका उपलब्ध आँकडा प्रयोग गरिएको छ भने बाँकी अवधिको अनुमानका लागि तथ्याङ्कीय विधि प्रयोग गरिएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij