Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

कक्षा १२ को परीक्षा वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा हुने

कक्षा १२ को परीक्षा वैशाख २१ देखि जेठ २ गतेसम्म नियमित रूपमा हुने

सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाप्रति बोर्डको आपत्ति, आधिकारिक जानकारी वेबसाइटबाट मात्र लिन आग्रह

  • काठमाडौँ।राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले परीक्षा तोकिएको मितिमा नै सम्पन्न हुने भन्दै आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

    यसअघि आन्दोलनरत नेपाल शिक्षक महासङ्घसँग सहमति भएपछि परीक्षा मिति सारिएको थियो। बोर्डले प्रारम्भिक तालिकाअनुसार वैशाख ११ गतेदेखि परीक्षा सञ्चालन गर्ने भनिए पनि शिक्षक आन्दोलनको कारण तालिका परिवर्तन गरिएको थियो।

    भ्रामक सूचनाप्रति सचेत रहन आग्रह

    बोर्डले हाल सामाजिक सञ्जालमा परीक्षा बोर्डको लोगो प्रयोग गरेर विभिन्न भ्रमपूर्ण सूचना फैलाइएकोप्रति आपत्ति जनाएको छ। बोर्डले यस्तो भ्रामक सूचनाको पछाडि नलाग्न आग्रह गर्दै आफ्नो कुनै आधिकारिक फेसबुक पेज नभएको जानकारी दिएको छ। परीक्षा सम्बन्धी सबै सूचना बोर्डको वेबसाइटमार्फत मात्र सार्वजनिक हुने बताइएको छ।

    परीक्षा मर्यादित ढंगले सञ्चालन गर्न अपिल

    बोर्डले परीक्षा सञ्चालनमा खटिने केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षाकर्मी, अभिभावक, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई परीक्षा मर्यादित र शान्त वातावरणमा सम्पन्न गराउन सहयोग गर्न आग्रह गरेको छ। बोर्डले परीक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij