
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफामा भारी गिरावट व्यहोरेको छ। कम्पनीको नाफा ८०.०८ प्रतिशतले घटेर ४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २४ लाख १५ हजार रुपैयाँको तुलनामा निकै कम हो।
कम्पनीको कुल बीमा शुल्क आम्दानी भने ६०५.७४ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ। आम्दानीमा यस्तो उल्लेखनीय वृद्धिसँगै कम्पनीको बजार विस्तार देखिन्छ, तर खर्चको चापले नाफामा नकारात्मक असर पारेको छ।खुद दाबी भुक्तानीस् ५१३.२७ प्रतिशतले बढेर २ करोड ५१ लाख रुपैयाँ।
कर्मचारी खर्च २ करोड ४६ लाख रुपैयाँबाट बढेर ३ करोड ७३ लाख रुपैयाँ।
अन्य सञ्चालन खर्च १ करोड ६ लाख रुपैयाँबाट बढेर ४ करोड ६५ लाख रुपैयाँ।कम्पनीले हालै सम्पन्न बाट पूँजी जुटाउँदै चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुर्याएको छ। पूँजी विस्तार भए पनि मुनाफामा गिरावट आउँदा कम्पनीको वित्तीय प्रदर्शनमा चुनौती देखिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij