
काठमाडौँ । आज नेप्से परिसूचकमा ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा आएको छ । आज ७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३ सय १९ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावर परेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij