Logo

May 06 2025 | २०८२, वैशाख २४गते

May 06 2025 | २०८२, वैशाख २४गते

images

कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु : स्वास्थ्यमन्त्री

कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु : स्वास्थ्यमन्त्री

  • फ्नोम पेन्ह । 
    कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले देशमा हरेक वर्ष करिब बीस हजार  नयाँ क्यान्सरका बिरामी देखिने र तीमध्ये करिब १४ हजार जनाको दुःखद निधन हुने गरेको जानकारी दिनुभएको छ ।

    उहाँले भन्नुभयो, “हाम्रो १.७ करोड जनसंख्याको सन्दर्भमा यो सङ्ख्या निकै चिन्ताजनक छ ।” प्रधानमन्त्रीले यो कुरा राष्ट्रिय क्यान्सर नियन्त्रण योजना सन्  २०२५–२०३० सार्वजनिक गर्ने कार्यक्रममा सम्बोधन गर्दै बताउनुभयो ।

    उक्त योजना क्यान्सरका नयाँ घटनाहरू र मृत्युदर घटाउने उद्देश्यले तयार गरिएको हो । यसले रोकथाम, प्रारम्भिक जाँच, समयमै उपचार तथा समुचित हेरचाहमा जनताको पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

    प्रधानमन्त्रीले नागरिकहरूलाई स्वस्थ जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।

    साथै, उहाँले सम्बन्धित निकायहरूलाई खाद्य वस्तु, फलफूल र तरकारीको गुणस्तर तथा सुरक्षाको नियमित रूपमा अनुगमन गर्न निर्देशन दिनुभयो ।

    स्वास्थ्यमन्त्री छेआङ राले  क्याम्बोडियामा सबैभन्दा धेरै कलेजोको क्यान्सर देखिने बताउनुभयो । त्यसपछि फोक्सो, स्तन, ठूलो आन्द्रा र पाठेघरको मुखको क्यान्सर पनि धेरै पाइन्छ ।

    उहाँका अनुसार, “देशमा हरेक दिन करिब ३८ जनाको ज्यान क्यान्सरका कारण गइरहेको छ ।”

    राजधानी फ्नोम पेन्हको दक्षिणपश्चिम क्षेत्रस्थित लुओङ मे अस्पताल क्यान्सरको उपचार तथा हेरचाहका लागि देशकै सबैभन्दा ठूलो केन्द्र हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij