Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

राजस्व अनुसन्धान विभागमा चण्डीप्रसाद घिमिरे आएपछिको सबै भन्दा ठुलो राजस्व चुहावटको मुद्दा दायर , ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरुद्ध १ अर्ब बीस करोड बढीको मुद्दा

राजस्व अनुसन्धान विभागमा चण्डीप्रसाद घिमिरे आएपछिको सबै भन्दा ठुलो राजस्व चुहावटको मुद्दा दायर , ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरुद्ध १ अर्ब बीस करोड बढीको मुद्दा

  • काठमाडौँ । राजस्व अनुसन्धान विभागमा चण्डीप्रसाद घिमिरे आएपछिको सबै भन्दा ठुलो राजस्व चुहावटको मुद्दा दायर भएको छ । विभागले  ध्रुव कन्स्ट्रक्सन  प्रालिका सञ्चालक विरुद्ध राजस्व चुहावट कसुरमा १ अर्ब बीस करोड बढीको मुद्दा दायर गरेको हो  ।राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देव विरुद्ध १ अर्ब २० करोड ९२ लाख  ३० हजार ५ सय १६ रुपैयाँ बराबरको बिगो जरिवाना मागदाबी सहितको मुद्दा दायर गरेको हो ।

    काठमाडौँ महानगरपालिका वडा न ३१ नयाँ बानेश्वर स्थित ठेक्का पट्टा , कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको  हस्तान्तरण नगरी बिल बीजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंक मार्फत् नगरेको, बीजकहरू सिलसिलेवार जारी नगरेको , मूल्य अभिवृद्धि कर विवरणि र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धिकर तथा आयकर तर्फ झुटा विवरण पेश गरेको , मालसामान खरिदको स्रोत पुष्टि  नभएको तथा  नेपाल सरकारलाई नियमानुसार बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकर लगायतको राजस्व नतिरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

    विभागले  राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण )ऐन २०५२को दफा ३ विपरीत कार्य  गरेको ऐनको दफा ४ बमोजिम कसुर गरेको पुष्टि भएकोले  प्रतिवादी बनाइएका ध्रुव देवलाई दफा २ (छ१) बमोजिम मूल्य अभिवृद्धिकर तर्फ ४५ करोड ८० लाख ८३ हजार ४ सय ३४ रुपैयाँ , आयकरतर्फ १४ करोड ६५ लाख ३१ हजार ८ सय २४ रुपैयाँ  गरी ६० करोड ४६ लाख १५ हजार २ सय ५८  रुपैयाँ बिगो कायम गरिएको र बिगोको शतप्रतिशत जरिवाना गरी १ अर्ब २० करोड ९२ लाख ३० हजार ५ सय १६ रुपैयाँ असुल उपर गर्न मुद्दा दायर गरिएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
    राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी  घिमिरेले २०८१ भदौदेखि सम्हालेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij