Logo

May 17 2025 | २०८२, जेठ ३गते

May 17 2025 | २०८२, जेठ ३गते

images

सत्तापक्षको समर्थन, प्रतिपक्षको आलोचना : नीति तथा कार्यक्रममाथि संसदमा बहस

सत्तापक्षको समर्थन, प्रतिपक्षको आलोचना : नीति तथा कार्यक्रममाथि संसदमा बहस

  • काठमाडौँ ।सरकारको नीति तथा कार्यक्रम व्यवहारिक, जनमुखी र प्रगतिशिल रहेको भन्दै सत्ता पक्षका सांसदहरूले समर्थन र प्रतिपक्ष सांसदले कार्यन्वयनको चुनौती देखाउँदै विपक्षमा आफ्ना धारणा राखेका छन् । 

     

    आगामी आर्थिक वर्ष २०८२र८३ को वार्षिक नीति तथा कार्यक्रममाथि आज प्रतिनिधिसभामा छलफलका क्रममा विगतमा जस्तै सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार प्रस्तुत गरे । दिनभर भएका बहसमा यस्तै छनक देखिन्थ्यो । 

     

    बैठकको अन्तिमतिर छलफलमा भाग लिनुभएका नेपाली कांग्रेसका सांसद राजु थापाले नीति तथा कार्यक्रमलाई समर्थन जनाउनुभयो । उहाँले पर्याप्त स्रोतसाधन र राजनीतिक अस्थिरताका कारण कार्यन्वयन चुनौती देखिँदै आएकाले यसमा सचेत रहनुपर्नेमा जोड दिनुभयो । थापाले नीति तथा कार्यक्रम कार्यान्वयनमा देखिने सबै प्रकारका चुनौतीको सामना गर्न राजनीतिक दलहरू एकठाउँमा उभिन आह्वान गर्नुभयो । 

     

    नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अमृतलाल राजवंशीले नीति तथा कार्यक्रम व्यवहारिक र जनमुखी रहेको भन्दै समर्थन जनाउनुभयो । उहाँले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रूपमा रूपान्तरण गर्नु सुखद् भएको बताउनुभयो । 

     

    यस्तै, नेकपा (एमाले)का सांसद अमृतादेवी अग्रहरीले देशको आवश्यकता समेटेर नीति तथा कार्यक्रम आएको भन्दै प्रशंसा गर्नुभयो । एमाले सांसद वासुदेव घिमिरेले उचित समयमै नीति तथा कार्यक्रम र बजेटबीचको  तालमेल सुनिश्चित गर्न पूर्वयोजना र अनुगमन प्रणालीलाई बलियो बनाउनपर्ने सुझाव दिनुभयो । 

    उहाँले खाद्य वस्तुको आयातमा निर्भरता घटाउन बीउ उत्पादन प्रवर्द्धन, गुणस्तरीय मल वितरण र सिँचाइ सुविधा विस्तार, आधुनिक कृषि उपकरणमा अनुदान, सहुलियतपूर्ण कर्जालगायत कार्यक्रमले कृषि क्षेत्रमा उल्लेखय योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।  

     

    नेकपा सांसद अम्बरबहादुर रायमाझीले मुलुकको अर्थतन्त्रमा रहेकोे शिथिलता अन्त्य गर्दै विश्वासिलो, भरपर्दो र व्यावसायिक वातावरण तयार पारी वर्तमान आर्थिक गतिविधिलाई चलायमान बनाउने नीति तथा कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो । उहाँले उद्यमशीलताको माध्यमबाट रोजगारी र आय आर्जनको अवसर सिर्जना गर्ने, आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य राम्रो रहेको धारणा राख्नुभयो ।  

     

    एमाले सांसद किरणकुमार साहले देशभरमा अलपत्र र रुग्ण अवस्थामा रहेका पुलको निर्माण सम्पन्न गराउन ध्यानार्कषण गराउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेशी र दूरदर्शी रहेको भन्दै समर्थन जनाउनुभयो । 

     

    प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद शिव नेपालीले नीति तथा कार्यक्रमले नयाँ मार्गदर्शन दिन नसकेको बताउनुभयो । नीति तथा कार्यक्रम आर्कषक सुनिए पनि कार्यान्वयन पक्ष कमजोर र अपारदर्शी रहँदै आएको उहाँको भनाइ थियो । नेपालीले आमजनताको जीवनमा परिवर्तन ल्याउने अपेक्षा पूरा गर्न नसकेको र अघिल्ला वर्षहरूको नक्कल मात्र गरिएको टिप्पणी गर्नुभयो ।  

     

    प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बिहान ११ बस्नेछ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सदस्यहरूले बोल्ने क्रम आगामी बैठकमा समेत जारी रहनेछ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij