Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

नेपाल रिपब्लिक मिडियाको मुनाफा ४६ लाख रुपैयाँ पुग्यो

नेपाल रिपब्लिक मिडियाको मुनाफा ४६ लाख रुपैयाँ पुग्यो

  • काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा मुनाफामा उक्लिएको छ। कम्पनीले सो अवधिमा ४६ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५२ लाख रुपैयाँ घाटाको तुलनामा उल्लेखनीय सुधार हो।

    नाफामा आएको सुधारको मुख्य कारण कम्पनीको आम्दानीमा देखिएको वृद्धिलाई मानिएको छ। तेस्रो त्रैमाससम्म कुल आम्दानी ५।८३ प्रतिशतले बढेर १३ करोड ४८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अन्य आम्दानीमा ५७।८० प्रतिशतले वृद्धिसँगै प्रशासनिक खर्च ११।१७ प्रतिशतले घट्न सफल भएकोले पनि नाफामा सकारात्मक असर परेको छ।

    कम्पनीको हालको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ। सोही आधारमा प्रतिसेयर आम्दानी ९भ्एक्० ६४ पैसा र प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ७ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij