
काठमाडौँ । सरकारले सहसचिव पार्वती अर्याललाई चीनको बेइजिङस्थित नेपाली दुतावासको ‘इकोनोमिक मिनिष्टर’मा नियुक्त गरी पठाउने निर्णय गरेको छ ।परराष्ट्रमन्त्री आरजु राणा देउवाले सहसचिव अर्याललाई चार वर्षका लागि ‘इकोनोमिक मिनिष्टर’को जिम्मेवारीमा पठाउने निर्णय गरेकी हुन् ।
अर्थ मन्त्रालयकी सहसचिव अर्याल केही साताअघि परराष्ट्र मन्त्रालयमा सरुवा भएर गएकी थिइन् । अर्यालसँग श्रम कुटनीति र वैदेशिक रोजगारीको क्षेत्रमा काम गरेको अनुभव छ । चीन र भारतस्थित नेपाली दुतावासमा राजदुत मातहत रहनेगरी सहसचिवस्तरको ‘इकोनोमिक मिनिष्टर’को पद छ । उनीहरुलाई आर्थिक कुटनीति, व्यापार र वाणिज्यसम्बन्धी विषय हेर्ने जिम्मेवारी हुन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij