Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

सामुदायिक लघुवित्तको नोक्सानी घट्यो, खराब कर्जा घट्दा घाटामा सुधार

सामुदायिक लघुवित्तको नोक्सानी घट्यो, खराब कर्जा घट्दा घाटामा सुधार

  •  

    काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले खराब कर्जा घटाउन सफल भएसँगै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा घाटाको परिमाण घटाउन सफल भएको छ। कम्पनीले यस अवधिमा १ करोड १ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको ४ करोड ५९ लाख रुपैयाँ घाटाको तुलनामा उल्लेखनीय सुधार हो।

    संस्थाको खराब कर्जा  अघिल्लो वर्षको ९.८६ प्रतिशत विन्दुबाट घटेर ४.९७ प्रतिशत विन्दुमा झरेको छ। यसका कारण प्रोभिजन कर्जा घाटा सुरक्षित कोषमा छुट्याउनुपर्ने रकम घटेको छ, जसले घाटा घटाउनमा महत्वपूर्ण भूमिका खेलेको छ।

    साथै, कम्पनीको खुद ब्याज आम्दानी पनि ५२.१२ प्रतिशतले वृद्धि भएर ७ करोड ३५ लाख रुपैयाँ पुगेको छ, जसले घाटा अझै कम गर्न सघाएको छ।

    हाल संस्थाको चुक्ता पुँजी १७ करोड ८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ करोड ३१ लाख रुपैयाँ सञ्चित छ।

    तर, प्रति शेयर आम्दानी  अहिले पनि ऋणात्मक ७.७८ रुपैयाँ रहेको छ। यद्यपि, प्रति शेयर नेटवर्थ भने १०७.७३ रुपैयाँ छ, जुन पूँजीको आधारमा स्थायित्व संकेत गर्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij