Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

बरुण हाइड्रोपावर नाफामा : तेस्रो त्रैमासमा ३५ लाख नाफा, विद्युत् बिक्रीबाट आम्दानीमा सुधार

बरुण हाइड्रोपावर नाफामा : तेस्रो त्रैमासमा ३५ लाख नाफा, विद्युत् बिक्रीबाट आम्दानीमा सुधार

  • काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बरुण हाइड्रोपावर कम्पनी लिमिटेड नाफामा उक्लिएको छ। कम्पनीले यो अवधिमा ३५ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा ४ करोड ९२ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले उल्लेखनीय सुधार गरेको छ।

    नाफामा देखिएको सुधारको प्रमुख कारण विद्युत् बिक्रीबाट प्राप्त आम्दानी हो। यो त्रैमाससम्म कम्पनीले कुल ७ करोड २७ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा कुनै आम्दानी भएको थिएन।

    हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ। आर्थिक सूचकहरू अनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी (EPS) ८९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ९० पैसा कायम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij