Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नाफा घट्यो, लगानी आम्दानीमा उल्लेख्य कमी

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको नाफा घट्यो, लगानी आम्दानीमा उल्लेख्य कमी

  • काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनी लिमिटेडको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। कम्पनीले यो अवधिमा २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.३१ प्रतिशत कम हो। गत वर्षको समान अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो।

    नाफा घट्नुमा लगानी र कर्जाबाट प्राप्त आम्दानीमा आएको गिरावट मुख्य कारण मानिएको छ। यो आम्दानी २४.२० प्रतिशतले घट्दै २० करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, कम्पनीको खुद बीमा शुल्कमा ७.१२ प्रतिशतले वृद्धि भई ९२ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

    चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ १२ करोड ५२ लाख रुपैयाँ छ। सो अवधिसम्ममा प्रतिसेयर आम्दानी (EPS) ८ रुपैयाँ ९१ पैसाले घट्दै ११ रुपैयाँ ६७ पैसामा झरेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३ पैसा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij