Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

सम्झौतापछि पनि बमबारी! भारत–पाकिस्तानबीच युद्धविराम नाटक मात्र?

सम्झौतापछि पनि बमबारी! भारत–पाकिस्तानबीच युद्धविराम नाटक मात्र?

  • काठमाडौं। भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको केही समयमै दुबै पक्षले एक–अर्कामाथि उल्लंघनको आरोप लगाएका छन्। पछिल्ला केही दिनयता बढ्दो सैन्य तनावपछि शनिवार दुबै देशले युद्धविराममा पुगिएको जानकारी दिएका थिए।

    भारत–प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनिएपछि भारतीय परराष्ट्र सचिव विक्रम मिस्रीले युद्धविराम उल्लंघन भएको टिप्पणी गरेका छन्। उनले “पछिल्ला घटनाक्रमहरू हाम्रो समझदारीविपरीत छन्” भनेका छन्।

    त्यसको जवाफमा पाकिस्तानले युद्धविरामको पालना गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ, तर भारतले केही क्षेत्रमा आक्रामक गतिविधि गरिरहेको दाबी गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयले शान्ति कायम गर्न आफूहरु प्रतिबद्ध रहेको जनाएको छ।

    गत चार दिनदेखि भारत र पाकिस्तानबीच भएको भिडन्त पछिल्ला दशकको सबैभन्दा गम्भीर सैन्य तनाव मानिएको छ। यसबीचमा ड्रोन, क्षेप्यास्त्र र तोपको प्रयोगसमेत भएको बताइएको छ। भारतले पाकिस्तान र पाकिस्तान–प्रशासित कश्मीरमा आक्रमण सुरु गरेपछि यो स्थिति उत्पन्न भएको हो। भारतले यो कारबाही पहलगाममा भएको उग्रवादी आक्रमणको प्रतिकारको रूपमा भएको जनाएको छ, भने पाकिस्तानले त्यस घटनासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत भारत–पाकिस्तान युद्धविराममा अमेरिका सक्रिय रहेको बताएका थिए। पाकिस्तानका विदेश मन्त्रीले पनि दुबै देशबीच समझदारीमा पुगेको पुष्टि गरेका थिए।

    तर, सम्झौतापछि पनि भारत–प्रशासित कश्मीरको श्रीनगर र जम्मु क्षेत्रमा विस्फोटको आवाज सुन्ने र आकासमा चमक देखिएको स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूले जनाएका छन्, जसले युद्धविराम सम्झौताको प्रभावकारिता माथि प्रश्न उठाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij