Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

राजश्व अनुसन्धान कार्यालय बुटवलद्धारा शुभलक्ष्मी अटो लिङ्क प्रा.लिका संचालक जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध राजश्व छलीको मुद्दा दायर

राजश्व अनुसन्धान कार्यालय बुटवलद्धारा शुभलक्ष्मी अटो लिङ्क प्रा.लिका संचालक जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध राजश्व छलीको मुद्दा दायर

  • बुटवल ।  महँगा गाडीका पार्टसको तस्करी गरी राजस्व छली गरेको आरोपमा राजश्व अनुसन्धान कार्यालय बुटवलले मुद्दा दायर भएको छ । मोटर पार्टसको कारोबार गर्दै आएका बस व्यवसायी दधिराम खरेल र उनका साझेदार जगन्नाथ खनालविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले बिहीबार राजश्व छलीको  मुद्दा दायर भएको हो ।  खरेल र खनाल सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्टसहरु राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्ने गरेको र साना गाडीका महँगा पार्टसको तस्करीको आरोपमा राजस्व अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको हो । राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बिहीबार मुद्दा दायर भएको राजश्व अनसन्धान विभागद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
    राजश्व कार्यालय बुटवलले शुभलक्ष्मी अटो लिङ्क प्रालिका प्रोप्राइटर जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ ९संशोधन सहितको दफा २०९६० बमोजिम मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । तिलोत्तमा ४, शुभलक्ष्मी पथका ४८ वर्षीय जगन्नाथ खनाल र तिलोत्तमा ४, नयाँ मिलका ५४ वर्षीय दधिराम खरेलले सञ्चालन गरेको वर्कसप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, विक्री खातालगायत अन्य आवश्यक कागजातहरू तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरे बमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको तथा केही मालवस्तुको परिमाण मौज्दात किताबभन्दा कम देखिएको तथ्य कार्यालयले दर्ता गरेको मुद्दामा उल्लेख छ ।

    बिल बिजक, खरिद खाता, विक्री खातालगायत अन्य आवश्यक कागजातहरू तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरे बमोजिमको परिमाण भन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको तथा केही मालवस्तुको परिमाण मौज्दात किताबभन्दा कम देखिएको तथ्य कार्यालयले दर्ता गरेको मुद्दामा उल्लेख छ ।

    त्यसैगरी प्रतिवादीहरूले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेश गरेको मौज्दात विवरणभन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नहुनु तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट कसुर गरेको पुष्टि भएकोले ७२ लाख ११ हजार तीनसय रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गरी एक करोड चौवालीस लाख बाईस हजार छ सय असुल उपर गरी हदैसम्मको कैद सजायको मागदाबी गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको राजश्व कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij