Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

छ्याङ्दी हाइड्रोपावरले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

  •  

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १:१ अनुपातमा कुल ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर जारी गर्न लागेको हो, जसको अंकित मूल्य प्रति कित्ता १ सय रुपैयाँ रहेको छ। यसअनुसार कम्पनीले कुल ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ।

    हकप्रद सेयरको हकदाबी गर्नको लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ १ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र हकप्रद सेयरका लागि योग्य हुनेछन्। इच्छुक लगानीकर्ताले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij