Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

दोर्दी खोला जलविद्युत कम्पनीको 'लक इन' अवधि असार ७ मा सकिँदै

दोर्दी खोला जलविद्युत कम्पनीको 'लक इन' अवधि असार ७ मा सकिँदै

  •  

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरिएको सेयरको 'लक इन' अवधि आगामी असार ७ गते सकिने भएको छ। लक इन अवधि सकिएपछि, संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरूले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछन्।

    कम्पनीले सर्वसाधारणलाई २०७९ असार ८ गते सेयर बाँडफाँट गरेको थियो, जसअनुसार तीन वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था गरिएको थियो। वर्तमानमा कम्पनीको ७५ लाख ९० हजार ६७५ कित्ता संस्थापक सेयर, ७ लाख ५६ हजार ४२० कित्ता स्थानीयको सेयर र ६५ हजार ८६५ कित्ता कर्मचारीको सेयर लक इन अवस्थामा रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij