Logo

May 20 2025 | २०८२, जेठ ६गते

May 20 2025 | २०८२, जेठ ६गते

images

बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

बरुण हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

  • काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ। बोर्डले जेठ ६ गते कम्पनीलाई हालको चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको आधारमा सोही अनुपातमा हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको हो।

    कम्पनीले १ कित्ता शेयर भएका सेयरधनीलाई थप १ कित्ता हकप्रद शेयर खरीद गर्ने अवसर दिने गरी हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यस शतप्रतिशत हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ।यस हकप्रद शेयर निष्कासन तथा बाँडफाँटको विक्री तथा निष्कासन प्रबन्धकको भूमिका आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले निर्वाह गर्नेछ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij